दयाहाङसँग निरान्जलीको ‘बल्ल बल्ल भेट भो ’

लकडाउन खुले संगै अहिले म्युजिक भिडियोका छायांकन धमाधम भईरहेको छ । फिल्म क्षेत्रका कलाकारहरु समेत अहिले म्युजिक भिडियोमा देखा परिरहेका छन् । प्राय ः म्युजिक भिडियोमा कम देखिने दयाहाङ राई पनि अहिले म्युजिक भिडियोमा नै ब्यस्त भएको देखिन्छ । उनि अभिनित नयाँ म्युजिक भिडियो ‘बल्ल बल्ल भेट भो ’ रिलिज भएको छ ।

तामाङ भाषाको म्युजिक भिडियोमा मोडल निरान्जली लामाले अभिनेता दयासँग पहिलो पटक यस म्युजिक भिडियोमा काम गरेकी हुन् । भिडियोमा क्षितिज सुबेदीको पनि अभिनय रहेको छ । भिडियोलाई निर्देशक मिलन चाम्सले गरेको निर्देशन गरेका हुन् । नृत्य निर्देशक कविराज गहतराजले भिडियोमा दया र निरान्जलीलाई नृत्य सिकाएका छन् ।

यस गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । त्यस्तै नरेन्द्र योगीले एरेन्ज गरेको गीतमा दीपा लामा र टेम्बा शेर्पाले स्वर भरेका छन् । सुदिप बरालको छायांकन र ध्रुवराज पराजुलीको सम्पादनमा यसको भिडियो तयार भएको हो ।