युरोपबाट प्रसारण हुन थाल्यो ‘ हैट युरोप ’

नेपाली जहाँ रहेता पनि नेपाली गीतसंगीत तथा सिरियललाई निरन्तरता दिने गरेका छन् । त्यस्तै हालै युरोपबाट पनि नयाँ सिरियल सुरुभएको छद । धारावाहिक सिरियल ‘हैट युरोप’ प्रसारण हुन थालेको छ । युरोपमा नै बसोबास गरिरहेका नेपालीहरुले आफैले तयार पारेको सिरियलमा युरोपमा रहेका नेपालीको कथा बस्तुलाई नै प्रस्तुत गरिएको छ ।

धाराबाहिक टेलिश्रृङखला “हैट युरोप’को पहिलो भाग सार्वजनिक भइसकेको छ । ‘मेमोरिज बाई अ लेन्स’ युट्युव च्यानलले सिरियलाई निर्माण तथा सार्वजनिक गरेको हो । शम्भु सिलवालले निर्देशन गरेको यस सिरियलमा छायांकन र सम्पादनको पनि उनैले गर्ने छन् ।

सिरियलमा शम्भु सिलवाल भगवान गिरी,फुर्बान रायमाझी,गीता मास्के,दिपेश पुरी,अन्जना बिस्ट,कुशुम भुजेल लगायतको अभिनय देख्न सकिन्छ । सिरियल अंग्रेजी महिनाको १ र १५ तारिक तथा नेपाली समय बेलुकाको ८ः०० बजे र पोर्चुगलको समय अनुसार दिउँसोको ३ः१५ बजे प्रसारण हुनेछ ।