कोरोनाबाट ग्रसित बनेका अमिताभ बच्चन किन एकाएक झोक्राए

दुइ साता अगाडी कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चन अहिले निराश देखिएका छन् । उनले हिजो शनिबार आफ्नो ट्वीटर एकाउन्टबाट निराश भएको तस्विर सार्वजनिक गरेका छन् । उनी एकै ठाउँ बसेर झोक्राएको तस्विर सेयर गरेका छन् । उनले तस्विरमा कुनै स्टाटस लेखेका पनि छैनन् ।

केहि दिन अगाडी मात्रै उनले डाक्टरले उपचारमा आफुलाई खासै रेखदेख नगरेको र भिडियो कलबाट मात्र जानकारी लिने गरेको बताएका थिए । उनको यो अवस्था हेर्दा कतै उनी कोरोना निको नभएका कारण निराश भएका त हैनन् । उनका फ्यान तथा शुभचिन्तकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

उनी किन यसरी झोक्राएर बसे भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन । आफै आफ्नो स्वास्थ्यको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिदै आएका अमिताभले आफु चाँडै निको हुने विश्वास गरेका थिए । कतै उनको स्वास्थ्य समस्या झन् झन् जटिल बन्दै गएको त हैन भन्ने साथीभाईको ट्वीटमा गरेको प्रतिक्रियाको उनले कुनै जवाफ फर्काएका छैनन् ।