‘मैले कहाँ र कहिले यो लेखेँ , मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी भनेर’ : निरुता सिंह

नेपालमा महानायक को हो भन्ने विषयको बहस लकडाउन देखि सुरु भएको अझैँ सकिएको छैन । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले दिएको महानायकको अभिव्यत्तीले लामै समय फिल्मी बजार ततायोे । जुन अहिले पनि महानायक विषयको बहस चलिनै रहेको छ ।अभिनेत्री निरुता सिंहले महानायक भुवन केसीलाई भनेको भन्ने हल्लाले अहिले उनी तनावमा रहेकी छन् । निरुताले यस विषयमा चिरफार गर्नका लागि लामो स्टाटस लेख्दै आफ्नो बचाउँ गरेकी छन् । उनले नम्बर दिदै ९ नम्बरसम्म आफ्ना भनाईहरु राखेकी छन् ।

उनले लेखेकी छन्,‘ मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर ? मैले मेरो स्टाटसमा आज को कुरा लेखेको हैन , मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन । जुन बेलामा मैले भुवन केसीको सिल्वर जुबली चलचित्र कुसुमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ । ’
निरुताले आफ्नो भनाईलाई आज भन्दा ३१ बर्ष भन्दा अगाडीको कुरा गरेको बताएकी छन् । त्यो बेला राजेश हमालले नेपाली फिल्ममा पाइला टेकेका थिएनन् । उनले आफु विवादमा परेपछि आफुले अहिलेको कुरा नगरेको र धेरै पहिलाको कुरा गरेको भन्दै, आफुले सानो हुँदाको महानायक शब्द भनेर लेखेको बताएकी छन् । यस विषयमा नेपाली दाजुभाईले कुरा नबुझेको उनको धारणा छ ।

उनले आफुले अहिले पनि महानायक राजेश हमाल नै भएको लेखेकी छन् । उनले भनेकी छन् , ‘ म नेपाली चलचित्र को एउटा कलाकार को नाताले के मलाई मेरो अग्रज दाई अनि दीदीहरू लाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र ?’ उनको प्रश्न नेपाली दाजुभाई माथी गरेकी छन् । जसले उनको विरोध गरेका छन् । नेपाली अग्रज कलाकार सबै महानायक नायिका भएको उनको धारणा रहेको छ । उनले राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य,मदन कृष्ण श्रेष्ठ, नीर शाह लगायत कलाकारलाई महानायक भएको बताएकी छन् ।  उनले थप लेखेकी छन् , ‘हाम्रो पहिलो नायिका भुवन चन्द , बसुन्धरा भुषाल करिश्मा मानन्धर, गौरी मल्ल,मिथिला शर्मा अन्य कलकार महानायिका भएको हुन् ।

मैले उपाधि दिन नपाउँने

उनले आफुले उपाधि दिन नपाउने भन्ने नरहेको बताएकी छन् । आफुले व्यत्तिगत तवरले उपाधि दिदा फरक नपर्ने बताएकी छन् । उनी भन्छिन्,‘ महानायक,महानायिका,सूपरस्टार,मेघास्टार या कुनै पनि उपाधि दिउँ , त्यो मेरो नितान्त निजी बिचार हो । ’ आफुले श्रदा गरेको मान्छेलाई दिएको उपाधिमा अरुले हस्तक्षेप गर्न नमिल्ने उनको भनाई छ ।

भुवनको चाकरी गरेको हैन ।

अभिनेत्री निरुतालाई अभिनेता भुवनको चाकरी गरेको आरोप लाग्दै आइरहेको थियो । उनले भुवनको सपोर्टमा बोलेको भन्दै उनको फ्यानहरुले दुख मनाउँ गरेका थिए । त्यसको जवाफ दिदै आफुले कसैको चाकरी नगरेको बताएकी छन् । उनले आफुले भुवनको चाकरी गरेर भुवनलाई महानायक भनेको होइन । उनले आफुबाट नेपाली फिल्म क्षेत्र टाढा निकै टाढा भइसकेको बताएकी छन् ।
आफुले नेपाली फिल्ममा आएर कसैको चाकरी गर्नु पर्ने अवस्था पनि नरहेको स्पष्ट पारेकी छन् । आफुले नेपाली फिल्म क्षेत्रमा २७ बर्ष काम गरेर नेपाली फिल्म क्षेत्रलाई योगदान गरेको बताउँदै , कसैले सामाजिक सञ्जालमा कसैले फलो गर्दैमा कसैले अनफलो गर्दैमा मेरो योगदान नहट्ने बताएकी छन् । उनले साँचो मन , माया र मेरो भावनाको कÞदर गर्ने मेरो समझदार ,माननिय, पूजनिय अनि ढोगनिय १ मात्र दर्शक, फ्यान काफी रहेको बताएकी छन् ।

स्टाटस नपढि गलत भावाना बुझियो

अभिनेत्री निरुताले आफ्नो स्टाटस कसैले नपढि न बुझी कमेन्ट गरेको आरोप लगाएकी छन् । उनले लेखेकी छन् , स्टाटस नपढि , नबुझी र भन्न खोजेको कुरो के हो नखोजेर जवरजस्ति गलत मललव निकालेर गाली गर्न थालेको बताएकी छन् । उनले उनले यस विषयमा गाली गर्नु पर्ने कुरा नरहेको बताएकी छन् । चाहे त्यो दुस्मन होस् चाहे त्यो मित्र । कोरोनाको महामारीमा भोली को के हुन्छ मतलव नराखेर महानायकको विषयमा अल्झिनु गलत भएको उनको भनाई छ । सबैलाई मिलेर अगाडी बढ्न भगवान पशुपतिनाथले सतबुद्धि दिउँन छोटो जिन्दगीमा भनेकी छन् ।