सुनिल, भिखारी र मेलिनाको ’जवानीको ऐना हजुर’

लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका राईले संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् ।

गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् ।

निर्देशक युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।