सुुनिताको गीतमा दिलिप र नम्रताको डान्स

गायिका सुनिता दुलालको एकपछि अर्को गीत बजारमा लिएर आएकी छन् । उनले हालै बेसी मेलैमा बोलको गीत बजारमा ल्याएकी हुन् ।
दुलालले सार्वजनिक गरेको गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्थाका साथै उनीहरुको महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती गीत मार्फत व्यक्त गरिएको छ ।
‘बेसी मेलैमा बोलको गीतमा गायिका सुनितासँगै खुमन अधिकारीको स्वर सुन्न सकिनछ । गीतको लय पनि गायक खुमनले नै भरेका छन् । नेत्र अर्यालको शब्द, रचना रहेको यस गीतको भिडियोमा शिव विकले निर्देशन गरेका छन् । यस गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री नम्रता सापकोटा फिचर्ड छन् ।