लताले प्रम मोदीलाई दिइन् रक्षाबन्धनको शुभकामना

भारतिय लोकप्रिय गायिका लता मंगेशकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षाबन्धनको दिनमा आफ्नो तर्फबाट राखी भन्दै सन्देश दिएकी छिन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा अडियो सन्देश सहित सन्देश पठाउकी हुन् । उनले प्रधानमन्त्री मोदीको खुलेर प्रशंषा समेत गरेकी छिन् ।

उनले लेखिकी छन्, ‘राखीको दिन हामीलाई बचन दिनुहोस् कि तपाई भारतलाई यो भन्दा उचाईमा लिएर जानुहुनेछ ।’ मोदीले भारतका लागि धेरै राम्रो काम गरेको भन्दै प्रशंषा गरेकी छन् । लताले भनिन्, ‘तपाईंले आफ्नो देशका लागि यति धेरै काम गर्नुभएको छ यति राम्रो कुरा गर्नुभएको छ कि देशवासी कहिले भुल्न सक्दैनन् ।’

गायिका लताको ट्वीटलाई प्रम मोदीले ट्वीटर मार्फत जवाफ फर्काउदै भनेका छन्, ‘करोडौं आमा र दिदीबहिनीको आशिर्वादबाट हाम्रो देशले नयाँ उचाई छुनेछ, नयाँ नयाँ सफलता प्राप्त हुनेछ ।’