हल्लामै सिमित भो त रमित नयाँ फिल्मको

अभिनेता रमित ढुङ्गानाले फिल्ममा अभिनय नगरेको पनि लामै समय भइसक्यो । उनले फिल्म बनाउने हल्लाले बेला बेलामा बजार पिट्दै आइरहेको छ । तर उनको फिल्म बनाउने छाँटकाँट कहि कतै देखिएको छैन । आफ्नो क्रेज भएको बेला जे जति फिल्ममा अभिनय गरे त्यस पश्चात उनलाई कुनै निर्देशक तथा निर्माताले पत्याउन सकेनन् । उनका लागि पैसा हालिदिने मान्छे भेटिन मुस्किल नै छ ।

गत बर्ष बरु छोरालाई फिल्ममा हिरो बनाउने भनेर केहि युट्युव तिर हल्ला पनि फिजाँए तर न छोरो फिल्ममा फर्किए न आफै । उनी हल्लामा मात्र सिमित भए । रमित अहिले फिल्म बनाउने भन्दा पनि पहिला आफु खेलेको फिल्मको गीत सामाजिक सञ्जालमा सेयर गर्दै अतित भन्दै रमाई रहेका छन् । उनको दिन चर्या अहिले फिल्मका गीत सेयर गर्ने र घुमघाममा नै व्यस्त रहेका छन् । यतिका लामो समयसम्म फिल्म गर्दैछु भनेर हल्ला पिँजाउने बाबु साहेपलाई के भन्ने र खोई । हल्लाबाँज रमित नभनेर के भन्ने त ।