फिल्म ‘टाइगर ३’ पनि सलमान

लकडाउनले रन्थनिएका सलमान कहिले ट्याक्टर चलाउँछन् त कहिले हिलै हिलो भएको शरिरको तस्विर खिचेर सामाजिक सञ्जाल इन्स्टामा पोष्ट गर्छन् । लकडान भरि रमाइलो गरिरहेका सलमानले लकडाउन खुलेसँगै नयाँ फिल्मको घोषणा गरेका छन् । उनले फिल्म ‘एक था टाइगर’ हिट भएपछि सलमानले ‘टाइगर जिन्दा हे’ मा काम गरेका थिए । उनको यो टाइगर नामले फिल्म हिट बनाएपछि सलमानले ‘टाइगर ३’मा काम गर्ने तयारीमा लागेका छन् । जसको निर्देशन मनिषले गर्दैछन् ।

लकडाउन अगाडी सलमान खान फिल्म‘राधे’को छायांकनमा ब्यस्त रहेका थिए । जुन फिल्मको रिलिज पनि तोकिएको थियो । तर फिल्मको सबै काम नसकिदैँ देशभर कोरोना महामारीका कारण फिल्मको रिलिज कहिले पक्का हुनेको ठेगान देखिएको छैन ।
साना बजेटका फिल्महरु धमाधम डिजिटल प्लेटफर्मबाट चलाइरहेका छन् भने केहि कोरोनाको त्रास साम्य नभई फिल्म नचलाउने मुडमा देएिका छन् । बन्न लागेको फिल्मका निर्देशक मनिषले अभिनेता साहरुख खानसँग फिल्म ‘फ्यान’मा काम गरिसकेका छन् ।