शान्तिप्रियको गीतमा अनामिका , दीपाशासँगै सरिताको ‘रातो सारी लरक्कै’

नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेको छन् । यही तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका रातो सारी लरक्कै…को भिडियो बजारमा ल्याएकी छिन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मँगलरबार रिलिज गरेकी हुन् ।

रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो । यस अघि चार ओटा गीत उनले बजारमा ल्याईसकेकी छिन भने अरु दुई वटा गीतको भिडियो अर्को महिना रिलिज हुनेछन् । आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको गायिका सरिता भारतीले बताईन् । यो तीज गीत अग्रज पत्रकार शान्तिप्रियद्धारा लेखिएको हो ।शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ ।

संगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ । बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्धय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ ।

यो गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायाँकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको सृँगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् ।