जुनी र सचेतले भन्दै आए ‘पानी खानु मुलको ’

पुर्वेली गीत विस्तारै ओझेलमा पर्दै गएको अवस्थामा गायिका जुनी खालिङ राईले नयाँ पुर्वेली भाका सार्वजनिक गरेकी छन् । उनले लकडाउनको सदुपयोग गर्र्दै पुर्वेली लोकगीत ‘पानी खानु मुलको ’ युटुब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । उनलाई गायनमा सचेत राइले साथ दिएका छन् ।
जीवन खालिङ राईको शब्द रचना रहेको गीतमा संगीत कृष्ण कुमार राईले गरेका छन् । कृष्ण भक्त राईकाको एरेन्ज रहेको गीतको भिडियोलाई रेजिना राईले कोरियोग्राफी गरेकी छन् । म्युजिक भिडियोमा कृष्ण कुमार राई र रेजिना राईले नै अभिनय गरेका छन् ।

गीतको भिडियोमा धनकुटाको तमोर दोभान वरीपरीको दृश्यलाई म्युजिक भिडियोमा देख्न सकिने छ । धनकुटा आसपासमा छायाँङ्कन भएको यस गीतको भिडियोालई राज बान्तावा राईले खिँचेका हुन् ।

राईको यो भन्दा अगाडी ‘कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो ’ जस्ता गीत बजारमा आइसकेका छन् । बैशाख तिरै गीत बजारमा ल्याउने तयारी गरेको भएता पनि समय अनुकुलताका कारण ढिला भएको गायिका राईले बताईन् ।