अनुको गायिका बन्ने रहर

अनु शाहलाई अहिलेका दर्शकले विर्सिसके । अहिलेका दर्शकले अनु शाहको फिल्मको बारेमा वुझ्न अनलाइन सर्च गर्नपर्छ । जानेका दर्शकले उनलाई सविन श्रेष्ठको प्रेमिका भनेर बढी चिनेका छन् । सविनको नामको ट्याटु खोपेपछि अनुले हल्ला कमाइरहेकी छिन् । फिल्ममा त अनु फ्लप भैसकिन् । अब, अनुलाई लिएर फिल्म बनाएर कमाइएला भन्ने निर्माताहरुलाई लाग्दैन । अनु अब गायिका बनेकी छिन  ।

संचारकर्मी शान्तिप्रियको आवाजमा सन्तोष श्रष्ठले संगीत भरेको गीत अनुले गाइन् । अनु गीत गाउँदा दंग छिन् । अनुले गीत गाउने रहर पहिलेबाट पालेकी थिइन् । अब, पुरा भएको छ । गायिका उनको फिल्मपछिको दोश्रो इनिङ्ग हो । गायिका बन्न अभिनेत्रीहरुले रहर गरेका थिए । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणाहरु गायिका बनेका थिए । तर, सबै फ्लप । अनी फिल्ममा जस्तै फ्लप हुने हुन् कि हिट होलिन् गीत रिलिजपछि भन्न सकिएला ।