पुष्पले जेबिकालाई भने ‘लान्छु तिमीलाई ’

गायक इन्द्रजित मिजारले नयाँ गीत बजारमा लिएर आएका छन् । उनले ‘लान्छु तिमीलाई’ बोलको गीत बजारमा लिएर आएका हुन् । मिजारलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा रञ्जित गजमेरले संगीत दिएका छन् भने गीतको शब्द गोपाल लोहारले लेखेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का र जेबिका कार्कीले अभिनय गरेका छन् । फिल्मको छायाँङ्कन रोकिएका कारण पुष्प म्युजिक भिडियोमा सक्रिय रहेका छन् । यस गीतको म्युजिक भिडियोमा पुष्पसँग जेबिकाको जोडी सुहाएको देखिन्छ । यो जोडीलाई भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

श्याम लामा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । भिडियो सम्पादनको काम विकास दाहालले गरेका छन् ।  भिडियो