शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी शारदा थापाले तीज गीत लिएर बजारमा आएकी छन् । उनले हालै ‘तीजको लहर, गाउँ सहर’ बोलको तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ। ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ ।

सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।
गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । म्युजिक भिडियो थापाको आफ्नै शारदा क्रियशन्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।