मदन पुरस्कारका लागि छानिए ७ पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार गुठी २०७६’का लागि ७ पुस्तक छानिएका छन् । मदन पुरस्कारका लागि छानिएका पुस्तकमा विमल निभाको कवितासंग्रह ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रब्यूह, भुन ढुंगानाको उपन्यास ‘परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदिक ज्ञान संग्रह ‘महारसनिघण्टु’, चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’, ललित विष्टको कथासंग्रह ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।

२०७६ मा प्रकाशित भएका पुस्तकमध्ये १ सय ५१ समावेश भएका थिए । जसमध्ये छनोट समितिले उत्कृष्ट ७ पुस्तक छानेको थियो । यस गुठीले हरेक वर्ष छनोटमा परेका पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार वितरण गर्ने गरेको छ ।