पलजी, धेरै नखुल्ने कि

अभिनेता पल शाहले १५ वटा भन्दा धेरै भिडियो हातमा लिएर बसेका छन् । पल नेपाली फिल्ममा माग भएका हिरो हुन् । पललाई फिल्म खेलाउनका लागि फिल्म बनाउनेहरुले १५ लाख भन्दा बढी दिइरहेका छन् । यति महंगो हिरोले आफ्नो स्टारडम बचाउन लाग्नुपर्ने होइन र ? कि पल शाहले पनि अरु कलाकार जसरी नै सस्तो लोकप्रियता खोजेर हुन्छ ।

पलसँग तुलना गरिन्छ अनमोल केसी, प्रदिप खड्काको । तर, यी हिरोहरुले स्टारडम बचाउन आफूलाई रिजर्भ राखेको तरिका पलले सिक्न चै पर्दैन । म पनि कम होइन, स्टार हुँ भनेर मात्र हुन्छ कि त्यसलाई जोगाउन पनि लाग्नुपर्छ । लकडाउन खुलेपछि म्यूजिक भिडियोको कुनै पनि कुरा नहेरि, गीतको क्वालिटी नहेरी काम गरेका पललाई टिकटकमा पनि लोभ लागेको छ ।

टिकटकमा केही मानिसहरुको क्रेज देखेर पलले आफूलाई जोडे । टिकटकमा पनि हेर्ने, भिडियो हप्तैपिच्छे हेर्ने, अनी हलमा टिकट काटेर पललाई किन हेर्ने ? कलाकार भएपछि कती खुल्ने भन्ने भेउ राख्न पर्दैन । म स्टार हुँ भनेर गफ दिएर मात्र हुन्छ ? यसलाई बचाउन चै नपर्ने ।