सुशान्तको केस झन् जटिल बन्दै, रिया माथी सर्वोच्चमा सुनुवाई हुने

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले लहरो तान्ने काम भइरहेको छ । फिल्मका धेरै जसो निर्माता, निर्देशक तथा कलाकारसँग भारतिय प्रहीले अनुसन्धानका लागि बयान लिइरहेको छ । सुशान्तको निधनको विषयलाई लिएर अभिनेत्री रिया चक्रवर्तीमाथि सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

केहि दिन अगाडी महाराष्ट्रको सरकारले एफआइआर मुद्दा दर्ता गरेता पर्नि अनुसन्धान गर्नका लागि बिहारको क्षेत्रमा नपर्ने बताएको थियो । यता सुशान्तको पिता केके सिंहका वकिलले महाराष्ट्रका प्रहरीले प्रमाण नस्ट गरेको आरोप लगाएका छन् । उनीहरुले त्यहाँ के के भएको थियो भन्ने बारे महाराष्ट्रका प्रहरीलाई सबै जानकार भएको र उसले सबै प्रमाण नष्ट गरेको आरोप केकेका वकिलले आरोप लगाउँदै आएका छन् ।

गत १४ जुनमा आफ्नै फ्लाइटमा झुण्डिएको अवस्थामा फेला परेको सुशान्तको मृत्यु प्रकरण विस्तारै राजनितिक करण हुदै गएको पनि भारतिय मिडियाले जनाएको छ । उनको निधनको वारेमा महाराष्ट्रको सरकारले सर्वोच्च अदालतमा कैविएट दायर गरेको पनि जानकारी गराएका छन् ।
यता अभिनेत्री रियाले ३० जुलाईमा सर्वोच्च अदालतमा ट्रान्सफर याचिका मुद्दा दायर गरेकी थिइन् । जसको सुनुवाईको तयारी भइरहेको छ ।