संजय, पुजा र आदित्य अभिनित ‘सडक २’ को फस्टलुक सार्वजनिक

फिल्मका पोस्टर सार्वजनिक गर्ने काम तिव्र गतिमा भइरहेको छ । बलिउड अभिनेता संजय दत्तको मुख्य भुमिका रहेको फिल्म ‘सडक २’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘सडक २’ को फस्टलुकमा २ अभिनेताका छेउमा एक अभिनेत्री देखिएकी छन् । फिल्मलाई आमागी २०२० को अगष्ट २८ मा रिलिज गर्ने बताइएको छ ।

निर्देशक महेश भट्टले निर्देशन गरेको फिल्ममा अभिनेता संजय दत्त, पुजा भट, आदित्य रोय कपुर लगायत अन्य कलाकारको अभिनय रहेको छ । यस फिल्मको केहि सिन खिच्न बाँकी हुँदै देशभर लकडाउन भएका कारण पुरा हुन सकेको थिएन । फिल्मको छायाँङ्कन अहिले तिव्र रुपमा भइरहेको निर्माण पक्षले जनाएको छ ।