कोरोना झन् झन् फैलिएको भन्दै , कलाकार संघको सबै कार्यक्रम स्थगित

नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको कलाकारबीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रमहरु तत्काललाई स्थगित गरिएको छ ।

हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै संघका उपाध्यक्ष तथा प्रवक्त मोहन निरौलाले लकडाउन हटेपछि मात्र कार्यक्रम नियमित हुने बताएका छन् । बिज्ञप्ती मार्फत नेपालमा कोभिड–१९ को जोखिम दिन प्रतिदिन भयावह बन्दै गैरहेको अवस्थामा सम्पूर्ण नेपालीका साथै चलचित्रकर्मीहरुलाई विशेष सावधानी अपनाउन समेत अपिल गरिएको छ ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा प्रेसित प्रेस विज्ञप्ति मार्फत भनिएको छ , ‘स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हुनुमा हामी आफैं संक्रमणबा जोगिन अपनाउनु पर्ने उपायलाई गम्भिरतापूर्वक पालना गरिरहेका छैनौं । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणबाट बचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ ।

 

संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सावुन पानिले हात धुने, भीडभाड भएको ठाउँमा नजाने, भीडभाड नगर्ने, मास्क लगाउने, अति आवश्यक काम पर्दा मात्र घरबाट बाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट बच्न सक्ने सम्भावना छ ।’