सुशान्तको घटना खेलाउन नपाउदै गरे अर्का अभिनेताले पनि आत्महत्या

बलिउडमा एकपछि अर्कोले आत्महत्या गर्नेक्रम रोकिएको छैन । केहि महिना अगाडी अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन पाएको छैन भने उनको किन आत्महत्या भयो भन्ने बारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । यो घटनाको बहस सेलाउन नपाउँदै अर्का एक अभिनेताले पनि आत्महत्या गरेका छन् ।

हिन्दी सिरियल ‘सास भि कभी बहु ती और कहानी घरघर की’ बाट लोकप्रिय हासिल गरेका अभिनेता समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन् । उनले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ४४ वर्षका समीर  १५ वर्षदेखि भारतीय टेलिभिजनमा कार्यरत थिए । ‘दिल क्या चाहता है’ सिरियलबाट आफ्नो करियर सुरुवात गरेका समिरले २०१४ मा फिल्म ‘हंसी तो फंसी’ मा अभिनय गरेका थिए ।

भारतिय प्रहरीका अनुसार सोमबार तिरै उनले आत्महत्या गरेको हुन सक्ने देखियो हो । उनको आत्महत्याका बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको प्रहरीको भनाई छ । उनको घरमा बसेका चौकीदारले बुधबार राती समिर झुण्डिएको देखेपछि छरछिमेकीलाई हो – हल्ला गरेका थिए । चौकीदारले हो – हल्ला गरेपछि प्रहरीलाई छिमेकीले खबर गरेका थिए । समीर हाल  स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरिरहेका थिए । उनले किन र के कारणले आत्महत्या गर्नु परेको हो ,अहिलेसम्म यसबारेमा जानकारी बाहिर आएको छैन ।