अनमोलको पिसिआर रिपोर्ट नेगेटिभ

अभिनेता अनमोल केसीले पिसीआर परिक्षण गराएका छन् । स्कुटरको विज्ञापनमा खेलेका थिए । अनमोलले खेलेको विज्ञापनका एकजना सदस्यमा कोभिड(१९ पोजेटिभ देखिएपछि यूनिट कै परिक्षण गर्ने क्रममा अनमोलको पनि पिसीआर परिक्षण गरिएको हो ।

उनको कोरोनामा परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । लकडाउन अवधिभर घरमै बसेका अनमोल लकडाउन खुकुलो भएपछि विज्ञापन लगायतका काममा ब्यस्त रहेका छन् ।