शोभितजी, साम्राज्ञीले नयाँ फिल्म खेल्ने भइन् त

निर्देशक शोभित बस्नेतले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई डेट एक्सपायर हिरोइन भने । साम्राज्ञीको दिन सकिएको, अब फिल्ममा काम नपाउने भने । आरोप उनले मनमा आएजती लगाए ।

साम्राज्ञीलाई अब एक लाख दिएर पनि कसैले फिल्म नखेलाउने उनले भनिदिए । शोभितको घोषणा साम्राज्ञीको दिन सकियो भन्ने थियो ।

तर, साम्राज्ञीले अभिनेता भूवन केसीसँग विवादमा चलिरहँदा फिल्ममा काम गर्ने संझौता गरेकी छिन् । प्रवेश पौडेलले निर्देशन गर्ने फिल्ममा उनी अभिनेत्री हुन् । फिल्ममा उनले मनिष राउतसँग काम गर्नेछिन् ।

साम्राज्ञीले अशुभ विवाह हेमराज वीसीको फिल्म पनि खेल्ने भनेर संझौता गरेकी छिन् । २ वटा फिल्म साम्राज्ञीले खेल्ने पक्का छ ।

शोभितले घोषणा गरे जस्तै भाको भए त, साम्राज्ञीलाई फिल्ममा लिनैनपर्ने हो त । अब, साम्राज्ञीले खेल्न लाएको फिल्मको कुरा सुनेर शोभितलाई पीडा हुन्छ कि हुदैन होला ।