सुनिल नयाँ कमेडी कार्यक्रमको तयारीमा

भारतीय टिभी कलाकार सुनील ग्रोवर नयाँ कमेडी कार्यक्रम लिएर आउने तयारीमा रहेका छन् । उनले कोरोनाबाट आक्रान्त भएका मान्छेलाई हँसाउनका लागि कमेडी कार्यक्रम लिएर आउन लागेका हुन् । सुनीलले ल्याउन लागेको कमेडी कार्यक्रमको नाम ‘ग्यांग्स अफ फिल्मीस्तान’ राखिने छ ।

कार्यक्रमको बारेमा जानकारी दिदैँ सुनीलले भने, ’मलाई अब कोरोनाको खोप बनाउन त आउँदैन । तर मान्छेहरूलाई मनोरञ्जन दिन पक्कै आउँछ । त्यसैले म यही गर्नेवाला छु ।’ स्टार भारत टेलिभिजनबाट प्रसारण गरिने यस कमेडी कार्यक्रममा कुनै पनि सेलेब्रेटी अथवा लाइभ दर्शक हुने छैनन् । भारतिय मिडियामला उनले जानकारी दिए अनुसार सुनील यो कार्यक्रममा एक ’डन’ का रूपमा देखिनेछन् । सुनिलका अलवा यो कार्यक्रममा सिल्पा शिन्डे, सिद्धार्थ सागर, संकेत भोस्ले, सुगन्धा मिश्रा, परितीश त्रिपाठी र जतिन सुरी जस्ता कलाकार हुनेछन् ।