फिल्म ‘जय मानवता’ अब युट्युवमा

हामी सबै नेपाली एकै हौं र सबै धर्महरु एकै हुन् भन्ने भाव बोकेको फिल्म ‘जय मानवता ’ युट्युव मार्फत सार्बजनिक भएको छ । पछिल्लो समयमा युट्युवबाट चलचित्रहरु रिलिज गर्ने क्रम बढेसँगै यस फिल्मलाई पनि पनि युट्युवबाट रिलिज गरिएको हो । लकडाउनका कारण विश्व नै ठप्प भैरहेको अवस्थामा दर्शकहरुलाई मानसिक प्रभाव नरहोस् भन्ने उद्देश्यका साथ सुचना सन्देश र मनोरञ्जन दिनका लागि युटुव च्यानल ‘हाइ नोट’ बाट रिलिज गरिएको हो ।

किशन विसीको निर्देशनमा बनेको यस फिल्ममा सरिता विश्वकर्मा, थमन सिंह पुर्जा, चन्द्र वि.क, विशाल लोहनी, सुबोध घिमिरे, सुजता बस्याल, वर्षा बस्याल, युना पुन, बर्षा हमाल, रश्मि खत्री, सविता पुनलगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको कथा तथा गीत चन्द्र विकले लेखेका हुन् भने संगीत मनोज चौलागाईको रहेको यस फिल्ममा मेलिना राई र अनमोल रामदामको स्वर रहेको छ । छायांकन रमेश रसाइली र मरुभूमी नारायणको रहेको यस फिल्मलाई सम्पादन लालबहादुर पुनले गरेका हुन् । होम बहादुर रामदाम अनमोल, लक्ष्मी विक र मुना रामदामले यस फिल्मलाई निर्माण गरेका हुन् ।