अभिषेक बच्चनले पनि जिते कोरोनालाई , डिस्चार्जको तयारी

बलिउड अभिनेता अभिषेक बच्चनले पनि कोरोनालाई जितेका छन् । उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत असार २७ गते पिता तथा अभिनेता अमिताभसँगै अस्पतालमा भर्ना भएका अभिषेकको झण्डै चार हप्ता पछि कारोना रिपोर्ट नेगेटिभ आएको हो ।

आज अभिनेता अभिषेकले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोनालाई परास्त गर्न सफल भएको भन्दै सञ्जालमा नै खुसी व्यक्त गरेका छन् । अभिेषेकले आफ्नो कोरोना रिपोर्ट नेगोटिभ आएको र अस्पतालबाट आज भोली नै डिस्चार्ज गर्ने तयारी भएको बताए ।

अभिषेकले लेखेका छन् , ‘प्रोमिस भनेको प्रमिस हो । आज दिउँसो मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मैले भनेको थिएँ नि मैले यसलाई हराउछु । म र मेरो परिवारको लागी तपाईको सबै प्रार्थनाका लागि धन्यबाद । नानावटी अस्पतालका डाक्टरहरू र नर्सिङ स्टाफहरुलाई धेरै धेरै धन्यवाद ।’

उनको परिवारका चार तीन सदस्य अमिताभ बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन र आराध्या बच्चनले कोरोनालाई जितेर घर फर्किसकेका छन् । तर अभिषेकको कोरोना रिपोर्ट ढिलो आएका कारण उनी मात्र अस्पतालमा बस्दै आएका थिए । मन भुलाउनका लागि बेला बेला अस्पताल वरपरका तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए । बेला बेला आफ्नो स्वास्थ्यबारे सबैलाई जानकारी दिदैँ पनि आएका थिए ।