दिन दु:खीका भगवान बन्दै अभिनेता सोनू सूद

बलिउड अभिनेता सोनू सूद अहिले भारतमा हाई हाई भएका छन् । उनी हाई हाई हुनुको कारण उनले फिल्ममा अभिनय गरेका कारणले होइन ।  उनले दिनदुखीको लागि उल्लेखिय काम गरेका कारण उनको हाई हाई भएको हो । केहि समय अगाडी घरबेटीले घरबाट निकालिदिएका कारण रोडमा दुइ छोरा सहित बस्दै आएकी एक महिलालाई घर नै दिए ।

त्यो लगत्तै एक इन्जियर युवतीलाई जागिरबाट निकालिएपछि तरकारी व्यापार गर्न थालेकी ति युवतीलाई जागिर लगाइदिए । उनको यति कार्यले मात्र उनी हाइ हाइ भएका भने होइनन् । उनले एक किसानलाई ट्याक्टर किनिदिएका थिए ।

सोनूले कोरोनाको संकटका बेला हजारौं प्रवासी मजदूरहरुलाई घर पु¥याउन सोनूले ठूलो भूमिका निर्वाह गरे । हाले उनले प्रवासी मजदूरहरुलाई रोजगारीको अवसर पनि दिने बताएपछि उनको झन् हाई हाई भएका हुन् । अभिनेता सोनू सामाजिक सञ्जालमा आज ट्वीट गर्दै मजदूरहरुलाई रोजगारी दिन एइपिसी कम्पनीसँग सहकार्य गरेको बताएका छन् ।

सोनूले ट्वीट गर्दै लेखेका ,‘जहाँ इच्छा, त्यहाँ मार्ग हुन्छ । मेरा प्रवासी भाईहरुका लागि मैले एइपिसीसँग साझेदारी गरेको छु । प्रवासी रोजगार डटकमको माध्यमबाट देशभर अपेरल म्यान्युफ्याक्चरङि र एक्सपोर्ट कम्पनीमा एक लाख रोजगारी दिने ठूलो सम्झौता भएको छ ।’ उनको यो भनाईले उनलाई धेरैले भगवान भन्ने गरेका छन् । अहिले भारतमा सोनुलाई दिन दुखीको भगवान भन्ने गरेका छन् । सोनूले केहि समय अगाडी आफ्नो जन्मदिनको अवसरमा सोनूले तीन लाखलाई रोजगारी दिने घोषणा गरेका थिए ।