अनलाइन बक्तित्वकलाको उपाधि लेटाङकी गरिमा अधिकारीलाई

अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ‘ अनलाइन बक्तृत्वकला प्रतियोगिता २०२०’ गरिमा अधिकारी विजयी भएकी छन् ।

उनले १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी हुन् । ‘ जातीय विभेद र नेपाली समाज’ शिर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो ।

करिब २ महिनाको अवधिमा मोरङ ,ताप्लेजुङ ,झापा ,सुनसरी ,खोटाङ ,रामेछाप र बझाङ्गका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन भने दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै स्पस्ट वक्ताको उपाधी संगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले हातपारेकी थिइन । प्रखर वक्ताको उपाधीसंगै नगद रु ५ हजार प्रमाणपत्र मोरङ पथरी शनिश्चरेकी सुप्रिया खड्काले र बेस्ट पब्लिक स्पिकरको उपाधी बिराटनगरका अस्टिन कार्कीले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिबक्ता डा. देउमान सम्बाहाम्फे , नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर , पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल , मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रिया रानी लामा र मोटिभेसनल स्पिकर सुरेश राई रहेका थिए । कोरोना सन्त्रास न्युनिकरण गर्नका लापि पनि यो कार्यक्रममा आयोजना गरिएको आयोजकले बताएको छ ।

घरमा नै बसेका युवा वर्गहरुले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग गर्ने उत्प्रेरणा मिलोस भन्ने उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरु गर्दै जाने आयोजक गरिमा अनलाईनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङ्गले बताए । कोरोना सन्क्रमणको बर्तमान अवस्थालाई मध्यानअजर गर्दै अनलाइन लाइभद्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।