अवार्डेड डकुमेन्ट्री ’जोगी ,रातका देवता’ सार्वजनिक

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री ‘जोगी,रातका देवता ’ हार्दिक मिडियाको अफिसियल यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हार्दिक मिडियाको प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रीका निर्माता हुन् । तेनहाङ राई सहनिर्माता रहेको यस डकुमेन्ट्रीले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिफलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्टफिल्म फेष्टामा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।

रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घरमा पुगेर सिधा उठाउने चलनलाई बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ । बृत्तचित्रमा फेरी लगाउने स्वयं ओम नाथ जोगीलाई फिचर गरिएको छ । कुनै नाटकिय दृष्य उक्त डकुमेन्ट्रीमा नराखिएको निर्देशक घिमिरेले जानकारी दिए ।
हेरौ यो डकुमेन्ट्री