अभिनेता संजय दत्त आइसियूमा भर्ना

बलिउडका लोकप्रिय अभिनेता संजय दत्त अस्पतालको आइसियूमा भर्ना भएका छन् । अचानक उनलाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई अहलिे लीलावती अस्पतालको आइसियूमा राखिएको छ । भारतिय मिडियाका अनुसार उनलाई कोरोना संक्रमणको आशंका गरिएको छ । अहिले उनको कोरोना परिक्षणको लागि स्वाब संकलन समेत गरि सकिएको छ ।

अभिनेता संजयले सामाजिक सञ्जालमा लेख्दै आफु ठिक भएको र लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको सहयोगले एक दुई दिनमा घर फर्कने बताएका छन् ।