हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु पर्दैन : अभिनेत्री ऋचा

सञ्चारकर्मी प्रकाश सुवेदीले एपिवान टेलिभिजनको रजतपट कार्यक्रम मार्फत एक अभिनेत्रीलाई होच्याएपछि विवादमा परेका छन् । प्राइभ टेलिभिजनबाट अहिले एपिवान पुगेका प्रकाश सुवेदीले विवादमा पर्दै आएकी अभिनेत्री पुजा शर्मालाई ढाकेका थिए । तर उनले पहिला पनि आफु विवादमा आएको र फेरि पनि आफु आउन नचाहेको बताएपछि उनलाई लक्षित उनको अनेक शरिरको हाउभाउका बारेमा नमिठो प्रस्तुत गरेका थिए । उनको त्यो भनाई टेलिभिजनबाट प्रसारण गरेपछि उनको चौतफी आलोचना सुरु भएको छ । त्यस लगत्तै पुजा शर्माले आफ्नो भनाई सामाजिक सञ्जाल फेसबुकमार्फत राखेकी थिइन ।

पुजाको समर्थन गर्दै प्रकाशको अभिव्यत्तीमा अभिनेत्री ऋचा शर्माले आपत्ति जनाएकी छन् । उनले लामै स्टाटस लेख्दै भनेकी छन्,‘ ‘त दारे छस, त काली छस , भ्यात्त परेकी परेकी छस’ यस्ता शब्द तपाइलाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?’ उनले कार्यक्रम प्रस्तोतालाई नै प्रश्न गरेकी छन् ।

उनले थप लेखेकी छन्, ‘एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ । मेरो शरीरको बनावट उनीहरुले चाहेझैँ बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु , नबनाउँ त म मोटी, दारा भएको, काली, भ्यात्त परेकी हुन्छु । ’
कार्यक्रम प्रस्तोतामा अहंता पलाएको ऋचाको भनाई छ । धेरैले आफ्नो अहंताका कारण धेरै चिज गुमाउनु परेको बताएकी छन् । उनले एक उदाहरण दिदै भनेकी छन्, ‘जब–जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला–ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ । मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस । ’

सञ्चारकर्मी प्रकाशले हिन्दीमा बोलेको उखानको जवाफ फर्काउदै अंग्रेजीमा,(I am unapologetically owning myself, can you kindly shut up ) भनिदिन आग्रह गरेकी छन् । हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु पर्ने आवश्यकता नरहेको पनि टिप्पणी गरिन ।

समाजमा मान्छेको सोच गलत भएको र अग्रज मान्छेहरु पनि कठै भएको भन्दै आफु ती कठैका सोच बिचमा कठैबरा नबन्ने बताइन् ।
उनले आफु एक दशकदेखि फिल्म क्षेत्रमा रहेको र अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यसपछि औंशी भने पनि त्यसमा हाँसेरै दोष तिनको दृष्टिकोणमा छ भन्न पनि शुभाव दिएकी छन् ।

उनले अरुलाई केहि कुरा सिकाइदिन पनि आग्रह गरेकी छन् । उनले लेखेकी  छन् , ‘सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ । ’ अन्तमा ऋचा लेख्छिन्,‘ मैले बुझेँको रजतपटको अर्थ ( चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदैँ गएको छ , सायद धुने बेला आएको छ , सायद फेर्ने बेला आएको छ ।’