साम्राज्ञी र प्रदिपको फिल्ममा श्वास छ कि आश

हेमराज वीसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता प्रदिप खड्कालाई लिएर फिल्म बनाउने भनेको धेरै भयो । खबर आएको आई छ । फिल्म बन्दैन । कहिले बन्छ त फिल्म, अब त कोभिड नी बहाना भयो । साम्राज्ञीले अर्को फिल्म खेल्ने भैसकिन् । प्रदिप प्रेमगीत ४ को लागि दौडिरहेका छन् ।

निर्देशक हेमराज वीसी फिल्म बन्छ भन्न छाड्दैनन् । पहिले बनाउने भन्दा कोभिडले रोक्यो रे, अब फेरि केले रोक्ने हो कि ? साम्राज्ञी र प्रदिपलाई फिल्ममा हेर्न पाए हुन्थ्यो भनेर दर्शकले चाहना बनाएका छन् । फिल्ममा देखाए त चल्थ्यो पनि होला । तर, खै त । प्रदिप र साम्राज्ञीको फिल्ममा अब श्वास छ कि आश ? कि दुबै छैन ।

यी दुबै कलाकार पनि फिल्म बन्दैन भन्नेमा त विश्वस्त नै होलान् । हेमराज घामड शेरेबाट चिप्लिएपछि दुबैलाई रिस्क जोनमा जान डर लागेको होला । चिप्लिन त प्रदिप र साम्राज्ञी पनि चिप्लिए । न त बन्दैन भन्छन् । बनाउने कहिले हो थाहा छैन । दर्शकलाई आश मात्र देखाउने कि भन्दिने पनि अब ।