पत्रकार प्रकाश सुवेदी विरुद्ध अभिनेत्री पुजाले दिइन उजुरी

अभिनेत्री पूजा शर्मा चलचित्र कलाकार संघमा पुगेर पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । उनले पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

उनले पत्रकार सुवेदीले आफुलाई रजतपट मार्फत पटक पटक होच्याउने र ’पर्सनल अट्याक’ गरेको बताएकी छन् । यसरी अपमान गराउने काम गरेको भन्दै न्यायका लागि उनी आज कलाकार संघ, चलचित्र पत्रकार संघदेखि ’एपीवान टिभी’सम्म पुगेकी छिन् ।

अभिनेत्री पुजाले आफुलाई मात्र नभएर अरुलाई पनि नहोच्याउन र सचेत गराउनका लागि कलाकार संघमा उजुरी हाल्नु परेको बताएकी छन् । उनले भनिन् , ‘यो लडाईं भनेको मेरो मात्र नभएर सबै कलाकारहरु को लागि हो । उहाँको कार्यक्रम हेर्दा सानोमा नेपाली चलचित्र नै नहेरुँ जस्तो गरेर देखाउने गर्नु हुन्थ्यो र अहिले पनि आफ्नै परिवारका सदस्यमाथि यसरी होच्याएर प्रस्तुत हुँदा यो क्षेत्र विकशित हुँदैन । म त अहिले मानसिक तनावमा पुगेको छु ।’

यता केकी अधिकारीले पनि पत्रकार प्रकाश सुवेदीप्रति आक्रोश पोखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अतिभयो भने खती हुन्छ भनेकी छन् ।