पुजालाई मनपरेन माफी

रजतपट कार्यक्रम मार्फत अभिनेत्री पुजा शर्मालाई लक्षित गरि पत्रकार प्रकाश सुवेदीले ‘ दारा तथा महानायिका’ शब्द भनेको भन्दै कलाकारहरुले आपत्ती जनाएका थिए । पत्रकार सुवेदीले आफ्नो अपमान गरेको भन्दै हिजो पुजा शर्माले कलाकार संघ , चलचित्र पत्रकारसँघ लगायतमा सुवेदी विरुद्ध उजुरी हालेकी थिइन ।

पुजा शर्माले उजुरी हालेकै साँझ पत्रकार सुवेदीले एक भिडियो मार्फत आफुले कसैलाई लक्षित ‘दारे’ शब्द नभनेको भन्दै माफी मागेका थिए । उनले आफुले दारे भन्ने शब्द बोल्न नहुने थियो बोले भन्दै हजार पटक आफुलाई माफी दिन आग्रह गरेका थिए । तर यता अभिनेत्रीले आफुले यस्तो विषयलाई पत्रकार सुवेदीले हल्का रुपमा लिएको भन्दै माफी नदिने बताएकी छन् । उनको माफीको जवाफ दिदैँ आज विहानै अभिनेत्री पुजा शर्माले त्यस ‘दारे तथा महानायिका शब्द’लाई कार्यक्रम प्रस्तोताले हल्ला रुपमा लिएर माफी मागेको भन्दै आफुलाई अचम्म लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘ हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामी झन् आश्चर्यमा पर्यौ ! त्यस्तो गम्भिर बिषयमा उहाँले ‘ दारे ’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो । जबकी ‘दारे महानायिका ’ शब्द चिप्लिएको होइन । २ दिनकी चाँदनी फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ । मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु । तँ आउँदिन भन्ने तेरो के हैसियत के छ ? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

उनले जानाजान आफुलाई यस्ता शब्दहरु प्रहार गरेको बताएकी छन् । भुलवस नभएको उनको भनाई छ । उनले एउटा ‘दारे महानायिका ’ भन्ने शब्द मात्रै भए यसलाई चिप्लिएको मान्न सकिन्थ्यो तर अन्तरवार्तामा नआएको रिस र आक्रोश लामो पाखेको हुनाले यो नियोजित रुपमा भनेको अभिनेत्री पुजाको ठम्याई छ । उनले आक्रोश पुर्ण तरिकाले लेखेकी छन,‘ एउटा शब्द ‘ दारे महानायिका’ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो तर उहाँले अन्तरवार्तामा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ । ’

पत्रकार सुवेदीले माफी मागेको भिडियामो घरमा हामी सधै यस्तै बोल्थ्यौ , परिवार सम्झेर आफुले ‘दारे’ भन्ने शब्द कार्यक्रममा पनि बोलेको भनेका थिए । कार्यक्रम प्रस्तोताले यस्तो शब्द जानाजान भनेको पुजाको आरोप छ । आफुले यसलाई हल्का रुपमा नलिएको पुजाको भनाई छ । यसलाई आफुले गम्भिर रुपमा लिएको र भोलिका दिनमा यस्ता घटना नहोस् भन्न चाहेको बताएकी छन् । उनले चलचित्रसँग आबद्धसबै संघ संस्थामा आफुले उजुरी दिएको र त्यसले नै न्याय दिलाउने कुरामाा विश्वास व्यक्त गरेकी छन् ।