मिहिनेती प्रदिप

फिल्म चलोस् या नचलोस्, प्रदिप खड्कालाई के फरक ? उनले सन्तोष सेन जस्ता निर्माताको साथ पाएका छन् । प्रेमगीत जस्तो ब्रान्डको नाम पाएका छन् । प्रदिप खड्काको कामलाई तारिफ गरिन्छ । फिल्म नचलेपनि उनले फिल्ममा मिहिनेत गर्छन् । प्रदिपको यो बानीले धेरै फ्यान भएका छन् ।  फिल्ममा चल्नका लागि भाग्य पनि चाहिन्छ । भाग्य नभएर राम्रा कलाकार पनि चिप्लिए । कतिले देश छाडे, कतीले फिल्म क्षेत्र नै छाडेका छाडे ।

प्रदिप खड्का भाग्यमा मात्र विश्वास गर्दैनन् । उनी, अरु कुरामा पनि विश्वास गर्छन् । भाग्यमाथि नै नियन्त्रण राख्ने कुरा के होला खै ।
प्रदिपलाई लागेको कुरा भाग्यमाथि नै नियन्त्रण गर्ने कुरा कडा मिहिनेत हो । मिहिनेत गरिरहेका छन् उनी । प्रेमगीत ३ को लागि उनले गरेको मिहिनेतको बारेमा बताइराख्न पर्दैन । प्रदिप अब हुतुतु फिल्ममा काम गर्दैछन् । यसमा पल शाह पनि छन् । प्रदिपको भाग्यमाथि नै नियन्त्रण गर्ने मिहिनेतलाई तारिफ नगर्ने त ?