आयुष्मानलाई थर्काइन् अभिनेत्री कंगनाले, माफियाको समर्थन गरेको आरोप

पछिल्लो समय बलिउडकी निकै विवादमा आइरहेकी अभिनेत्री हुन् कंगना रनावत । उनी कहिले निर्देशकसँग त कहिले कलाकारसँग उनको बादविवाद परिरहन्छ । यस पटक पनि उनी फेरि विवादमा तानिएकी छन् ।

फिल्म समिक्षा मार्फत विवाद मुछिदै अएका केआरकेले आयुष्मान यशराज फिल्मस्को प्रोडक्ट भएकाले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि आयुष्मानले यस्तो कदम चालेको आरोप लगाएका छन् ।

केआकेको ट्वीटलाई रिट्वीट गर्दै कंगनाले कडा जवाफ फर्काएर लेखेकी छन् ,‘बलिउड भन्दा बाहिरबाट आएका यस्ता चाप्लुसीहरु आफ्नो औषत अभिनय क्षमताका कारण माफियालाई समर्थन गर्छन । यस्ता मानिसहरुलाई कसैसँग खतरा छैन र यस्तो विवादित बिषयलाई उनीहरु मौकाको रुपमा हेर्छन् ।

यस्तै व्यक्तिका कारण सुशान्त जस्ता कलाकारले अन्याय झेल्नुपर्छ । यस्ता मानिसहरु खुलेयाम नेपोटिज्म जस्ता गम्भिर कुराहरुलाई अस्विकार गर्छन् र उनीहरुको मजाक बनाउँछन् ।’

हरेक दिन जसो उनको सामाजिक सञ्जालमा बलिउडका कलाकारमाथी प्रहार हुने गरेका छन् । कडारुपमा प्रस्तुत भएकी अभिनेत्री रनावतले बलिउडका अभिनेत्रीदेखि निर्माता निर्देशक निशानमा पर्ने गरेका छन् । कंगनाले सवैभन्दा बढि निर्माता तथा निर्देशक करण जोहर, अभिनेता ऋतिक रोशन, तापसी पन्नु र स्वारा भाष्करलाई खेदो खन्ने गरेकी छन् ।