भिजे शिवानीले ल्याइन ‘अबन्धन’

 नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् । गायिका भट्टराईकै अभिनय रहेको ‘अबन्धन’ गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् ।
प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।
https://www.youtube.com/watch?v=yAeRH1jBBoo&feature=youtu.be&fbclid=IwAR38aO5ceOE9MClYwtAW0wOFIRByus2fjyabng9Fc87TomMTE5Uiw7SotNs