८० जना गायक गायिकाको स्वरमा ‘तिन पुस्ते’ गीत रेकर्डिङ

लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई मात्र व्यवसाहिकताको रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गर्ने हिसावले कलाकार जुटेका छन् । तिनपुस्ते गायक गायिकाहरुले गाएको करिब दुई घण्टाको गीत सार्बजनिक गर्ने तयारीमा जुटेका छन् । एक वर्ष लगाएर तयार पारिएको गीतलाई आज औपचारिक रुपमा रेकर्डिङ सम्पन्न भएको छ । गीतलाई केहि दिनमा नै सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्राःलीले सार्बजनिक गर्न लागेको हो ।

गीतलाई हेमन्त शिशिरको संगीत संयोजन तथा माधव थापाको लय शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउँने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको गीतमा करिब ८० जना भन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतमा कुमार बस्नेत, नवराज घोरासैनी देखि लिएर पछिल्लो समय सबैको मनको सांगीतिक ढुकढुकी बनिरहेकी बाल गायिका आयुष गौतम लगायतले आवाज भरेका छन् । गीतलाई निर्माण युनिटले “तिन पुस्ते“ नामकरण गरेको छ ।

तिनै पुस्ताका कलाकारहरुको लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महत्वपुर्ण भूमिका हुने विश्वास गरिएको छ । कुनै पनि क्षेत्रमा भएको एकताबद्धले उक्त क्षेत्रलाई उदारहण्ािय सावित गर्नका लागि सहज हुने गायक गायिकाको भनाई छ ।
यस गीतको म्युजिक भिडियो पनि चाँडै निर्माण हुने गायक तथा शब्द संकलक माधव थापाले बताएका छन् । यस म्युजिक भिडियोमा गायक गायिकाले स्वयम्ले अभिनय गर्ने छन् ।