दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक

- मेराेफिल्म

साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो ।

उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेछ । यस नियात्रा कृतिभित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ्ग हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिङ्गापुर यात्रा, पुत्राजयमा नेपालको झन्डा, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, राजदूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण पूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ ओटा नियात्रा समावेश गरिएको छ ।

प्रस्तुत कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्धका कुरा समेटिएका छन् । मलेसिया र सिङ्गापुरका महत्वपूर्ण स्थानहरुको यात्राका क्रममा प्राप्त भएका सामाग्रीलाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृति एउटा नियात्रासङ्ग्र्रहमात्र नभएर सिङ्गापुर मलेसिया र नेपालकै विषयमा पनि एउटा ऐतिहासिक दस्तावेज रहेको छ । ‘नियात्राकार खेमनाथ दाहालको यात्राको सिकर्नी ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, राजनीतिक र राष्ट्रियताले भरिएको रहेको छ’, प्रा.डा कृष्णप्रसाद दाहालले भन्नुभयो । उहाँले ‘यो नियात्रासङ्ग्रह बौद्धिकताको कोषागार पनि हो’, भन्नुभयो ।

यस्तै प्राध्यापक राजेन्द्र सुवेदीले यात्राको सिकर्नीमा स्रष्टा दाहालकाो नियात्रा चेतनाभित्र यात्रारत चेतना पनि प्रकट भएको बताउँनुभयो । ‘यस कृतिले सर्जक, प्रकाशक, पाठक, भावक तथा समिक्षक पारखीहरुको चेतना पक्कै पनि आकर्षित गर्नेछ नै’, उहाँले भन्नुभयो ।
नियात्राकार खेमनाथ दाहाले ‘आफू कविता विधामा रमाउने मान्छे, यात्राका क्रममा जहाँ जहाँ पुगेँ त्यहाँ त्यहाँ मैले विविध रुपमा नेपालका विम्ब देखेँ, आमाका सन्देशहरु भेटेँ र यहाँ प्रस्तुत गरे’ भन्नुभयो ।

दाहलका यसअघि ‘श्रद्धाञ्जली’ कवितासङ्ग्रह, ‘रश्मि’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासङ्ग्रह जस्ता कृति पाठकमाझ आएक छन् ।

२०७७ साउन २७ गते ८:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *