कलाकारले मान्छे हेरेर बोल्ने हुन् ?

केकी अधिकारी सामाजिक संजालमा राम्रो स्टाटस कोर्छिन् । नेपाली फिल्ममाथि धावा बोलिएको छ भने केकीको स्टाटस कुरिन्छ । किन भने उनी गहकिला शब्द लेख्ने गर्छिन् । केकीको प्रतिक्षा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हिरो भूवन केसीको विवादमा भएको हो । केकीले दिपाश्री निरौलालाई तथानाम गाली गर्दा बोलिन् ।

बोलीमा उनले पूजा शर्मा, वर्षा राउतको नाम लेखिन् । तर, त्यहाँ साम्राज्ञीको नाम नै थिएन । साम्राज्ञी र भूवनको विवादको कुरा होइन है । साम्राज्ञीलाई तल्लो स्तरमा झरेर आएको गाली कुरा हो । दीपाश्री, पूजा, वर्षामाथि गाली वर्सदा उनीहरु महिला हुने, साम्राज्ञीमाथि बर्सदा उनी महिला नहुने ? नेपाली फिल्मले उनीमाथि ठूलो विभेद गर्यो । भूवन र साम्राज्ञीको छिनोफानो गर्न भनिएको होइन । तर, साम्राज्ञीलाई गाली गाउँदा गाली नगर्नुहोस् भनेर बोल्ने हिम्मत कुनै हिरोइनले नगरेका हुन् ।

अभिनेत्री पूजा शर्मा यसमा भाग्यमानी नै रहिन् । जिरो टोलरेन्स भनेर खोलिएको संस्थाका केही अनुहारले बोले यो बिषयमा । नेपाली फिल्म विभेदकारी नीति किन लिएर बोल्छ होला के ? कसैलाई पर्दा बोलिदिने कसैलाई पर्दा मौन बसिदिने । अहिले पनि निर्देशक अशोक शर्माले ब्यङ्ग्य गर्दै लेखेका छन्, नेपाली फिल्ममा सबै हिरोइन दारा निस्किएर बनाउन गए कि कता गए ?कोरोनाले बोल्न नमिल्ने त होइन होला ? पूजा शर्मासहित अभिनेत्रीहरुको करिअरमा नै धावा बोलिएको बेलामा उनीहरु चुनी चुनी बोल्छन् ।

कोहीको पूजालाई परेको पीडा मलाई होइन भनेर नबोल्ने बहाना, कोहीको संचारकर्मीसँग सम्बन्ध नविग्रियोस् भन्ने चाहना । अजीब र गरिब मानसिकता यहाँ छ । यहाँ जसर्लाइ पीडा पर्छ बोल्ने उही नै हो । तर, एउटा बोलीले ठूलो आवाज निकाल्न सकिदैन भन्ने थाहा होला । थाहा नभए सिक्नुपर्छ । उसलाई पर्यो म किन बोल्ने हो र भनेर बस्ने बानी छ । ए यो त मेरो साथी हो, बोलुम क्यारे भनेर बोल्यो । ओहो हुदैन, त्यसका विरुद्ध बोल्यो भने त मलाई फिल्ममा नै लिदैन भनेर पनि बोलिदैन । नबोल्ने कारण त हजार छन् ।

तर, संयुक्त रुपमा आवाज कसैले उठाएनन् यहाँ । कोही त अरुको खुशीमा रमाउन थालेका छन् । कोही खुच्चिम भन्छन् । बाहिर महिलावादी कुरा गर्दै सामाजिक संजाल रंग्याउने हिरोइनहरु भित्र भित्र आफ्नै महिला कलाकारमाथि खुच्चिम भन्छन् । कसैको कानको जाली फुष्टा नबोल्नेहरुलाई कतै महिला हिंसा भयो भने कराउने बहाना मिल्छ । आखिर मानिस र समुह हेरेर किन बोल्छन् कलाकार ? किन कलाकारको बोली व्यक्ति अनुसार फरक हुन्छ । यस्तो तरिकाले यहाँ एकता कहिले हुन्छ ।