सुशान्त आत्महत्या प्रकरणमा रियालाई आठ घण्टा सोधपुछ

सुशान्त सिंह राजपुतको आत्महत्या घटनामा झन् झन् रहस्यमय हुदैँ गइरहेको छ । सुशान्तको आत्महत्याका बारेमा भारतिय प्रहरीले अभिनेत्री रिया चक्रवर्तीसँग आठ घण्टा सोधपुछ गरेको छ । उनले सुशान्तको अकाउन्टको पैसा निकालेको खबर बाहिर आएपछि अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी)ले रियासँग बयान लिएको हो ।

ईडीले सोधेको केही प्रश्नको स्पष्ट जवाफ दिन नसकेको पछि रियालाई पुनः अर्कोपटक सोधपुछ बयान लिने भएको छ । पटक पटक सुशान्तसँग उनको नाम जोडिएका कारण उनको बयान लिन सरकारसँग केहि कलाकारको माग रहेको थियो भने सुशान्तका पिता के केले पनि रिया बिरुद्ध उजुरी हालेका थिए । विस्तारै अकाउन्ट घटनाले रिया अप्ठ्यारो अवस्थामा पर्दै गइरहेकी छन् ।

रियासँगको सोधपुछपछि उनका भाइ सौविक चक्रवर्तीसँग प्रहरीले बयान लिएको छ । उनले सुशान्तको मृत्युपछि आफ्नो एक कम्पनीको आईपी ठेगाना तीन पटक बदलेका थिए । जसका कारण संकाका घेरामा परेका सौविकको १८ घण्टा बयान लिएको छ ।