नाजिरको नजरमा विश्वकै सुन्दर महिला को ?

अभिनेता नाजिर हुसेन एउटा फिल्म खेल्दैछन् । निर्माता सन्तोष सेनको हुतुतुमा उनी काम गर्दैछन् । काम गर्ने तयारीमा रहेका नाजिरलाई म्यूजिक भिडियो राम्रो फापेको छ । अहिले फिल्मको काम नभएर होला, भिडियोमा कलाकार व्यस्त छन् । नाजिर पनि यतै व्यस्त भैहालेका छन् । नाजिरले काम गरेका भिडियोले दर्शकको माया पनि पाइरहेका छन् ।

नाजिर र अभिनेत्री स्वस्तिमा खड्का पनि काम गरिरहेका छन् । नाजिरका लागि विश्वकै सुन्दर महिला को होलिन् त ? नाजिरले विश्वकै सुन्दर महिला भन्दै स्वस्तिमा खड्कालाई चित्रित गरेकी छिन् । स्वस्तिमा खड्कालाई साली भन्दै नाजिरले विश्वकै सुन्दर महिला भने । नाजिर र स्वस्तिमाको जोडी पनि म्यूजिक भिडियोमा रुचाइएको छ । स्वस्तिमा र नाजिरले फिल्म होस्टेल रिटन्टर्सबाट एकसाथ फिल्मको करिअर सुरु गरेका हुन् ।