निशानले गरे प्रेमिका ऋचासँग कानुनी विवाह

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले आज कानुनी बिबाह गरेका छन् । उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी रुपमा विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।