वितरक श्रेष्ठले शुरु गरे नि:शुल्क स्यानिटाइजर वुथ

चलचित्र निर्माता, वितरक, कलाकार तथाजागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आममानिसका लागि निःशुल्क स्यानिटाइजर वुथको शुरुवाट गरेका छन् । करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन् । बाटो हिड्ने आममानिसकालागि बाटोमै अटोमेटिक स्यानिटाइजर वुथको व्यवस्था शुरु गरेकोहो ।

हाललाई अनामनगर स्थितपूर्वी गेटमा बाटो हिड्ने आममानिसका लागि स्यानिटाइजरको वुथ राखिएको छ । जहाँहात राख्ना साथ स्यानिटाइजर लगाउन पाईन्छ । कोरोना त्रास बढ्दै गर्दा आममानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ संचालनमा ल्याएको उनले बताएका छन् ।

केहीदिन अघि देखि जागौं यूवाअभियानले निशुल्कमास्क समेत वितरण गर्दै आएका थिए । त्यस लगतै अटोमेटिक निःशुल्क स्यानिटाइजर वुथ संचालनमा ल्याईएको हो । सो वुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका संचालक महेश प्रसाद किजु र जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए । अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिडडुल गर्ने आममानिसले उक्त वुथबाट हात स्यानिटाइज गर्न सक्नेछ । यसले कोभिड–१९ सँगको लडाई सहकार्यमा लड्न सहयोग हुने समेत बताएका छन् ।

सरकारको अभियानलाई सफलपार्न पनिआममानिस र सामाजिकअगुवाई गर्ने व्यक्तिहरुले यस्तो खालको कार्यक्रमहरु संचालन गर्नुपर्ने करणले बताए । सबै मानिसले स्यानिटाईजर बोकेर हिडेँको पनिनहुन सक्छ । कतिपयले सधै किनेर लगाउनपनि सक्दैन । त्यसैले यस्तो अभियानलाई सबै ठाउँमा तिब्रतादिए सिंगो समाज नै स्यानिटाइज हुने उनले बताए ।