अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वास प्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना परिक्षण पनि गर्दा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको छ ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनु पर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् । संजयले आफुलाई क्यान्सर भएको रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको बताइएको छ ।