भारतिय सिरियल ‘तेनाली रामा’ मा अभिनेत्री निरिशा

भारतिय सिरियलमा नेपाली अभिनेत्री निरिशा बस्नेतको आगमन भएको छ । उनले ‘तेनाली रामा’ नामको सिरियलमा अभिनय गर्न थालेकी छन् । नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरशाको पहिलो फिल्म नै फ्लप भएको थियो ।

भारतमा नै बसोबास गर्दै आएकी उनी चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी थिइन् ।
हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’ मा अभिनय गरेकी छन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ ।

उनले एक साउथ फिल्म समेत साइन गरेकी छन् । ‘लकडाउन हुनुभन्दा अगाडि म साउथ फिल्मको छायांकनका लागि चेन्नई गएकी थिइन । छायांकनको पहिलो दिनबाटै भारतमा लकडाउन भएका कारण उनको त्यो फिल्म अधुरै रहेको छ भने पुर्णरुपमा लकडाउन खुलेपछि साउथ फिल्मको बाँकी छायांकन गर्ने उनको भनाई छ । अभिनेत्री निरिशा बस्नेत पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन ।