चिन्ता नगर्नुस्, हामी लड्छौँ : अभिनेत्री केकी अधिकारी

अभिनेत्रीलाई लक्षित गरि सञ्चारकर्मी प्रकाश सुवेदीले एपिवानको ‘रजतपट’ कार्यक्रममार्फत दारे भनेपछि उनको दरै आलोचना भयो । अभिनेत्री पुजा शर्मालाई लक्षित गरेर भनेको भन्ने आरोप लगाउँदै धेरै अभिनेत्रीहरुले उनको खैरो खने । उनको विरुद्धमा चलचित्र कलाकारसंघ , चलचित्र पत्रकारसंघ लगायत अन्य संघ संस्थामा उजुरी पनि हाले । तर उता अभिनेत्री साम्राज्ञी आरएल शाह  दुव्र्यवहार भएको कुरामा कोही अभिनेत्री नबोलेको आरोप भने लाग्दै आएको छ ।

एउटा अभिनेत्रीको बारेमा नबोलने तर अर्को अभिनेत्रीको बारेमा केहि पर्दा खुलेर बोलेको भन्दै कलाकार तथा अभिनेत्रीहरुको आलोचना पनि कम छैन । यस विषयमा केही सञ्चारमाध्यले ग्रुपिजमको बारेमा चर्चा गरेका थिए । पुजा शर्माको निकट अभिनेत्री बोलेको तर साम्राज्ञीको पक्षमा कोही नबोलेको आरोप पनि लगाए ।

यस विषयमा अभिनेत्री केकी अधिकारीले दुवैको सपोर्ट गरेको र दुवैको विरुद्ध लडिरहेको बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत लेखेकी छन् , ‘ हो हामीले सबै बेला उतिकै शक्तिशाली र ऐक्यताबध्द भएर बोल्नु पर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला ।

कमी कमजोरीहरु भए होलान् । तर महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ । एक झिल्का आगो हामीसँग पनि छ । र त्यो सास, त्यो आगो भएसम्म लड्छौँ । हरेक अन्यायको बिरुद्धमा लड्छौँ । कहिलेकाही देखिने गरि आफुले पाएका मंचहरुबाट लड्छौँ । कहिलेकाँही हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ । पुजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ । लडिरहेका छौँ । संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौँ ।’

उनको भनाई अनुसार दुवै अभिनेत्रीका लागि हामी लडिरहेका छौँ तर साम्राज्ञीले उठाएको केसमा अहिलेसम्म कोही बोलेका छैनन् । उनले म यौन दुव्यवहारमा परेको छु भन्दा किन चुप बसियो । प्रश्न गर्ने यहाँनेर पनि छ ।

केकीले अगाडी लेख्छिन् , ‘ राष्ट्रिय स्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारिरिक बनावट माथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाँईहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्ने मै सिमीत रहेको देख्दा अफशोच लागिरहेको छ ।

तपाईहरुको यस्तै टिप्पणीहरुले नै शायद पटक पटक घट्ने यस्तै घटनाहरु सामान्यिकरण हुँदा हुन् । कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् । लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन् ।’

उनले लेखेका धेरै स्टाटसमा लक्ष्मी पौडेलले लेखेकी छन् , ‘साम्राज्ञीको यौन दुव्र्यवहारको गम्भिर केशमा मौन बस्ने अनि दारे र महानायकको विषयमा चाहि महिलालाई हेपेको भन्ने । साम्राज्ञीको कुरामा मौन रहेर तपाईले नि आफ्नो सहकर्मी महिलालाई हेपे कै हो । जुन किसिमले बाँकी कुरामा चुरिफुरि देखिन्छ । अनि अरूले तपाईलाई नहेपुन् त !!

त्यस्तै अर्का पोख्रेल लक्ष्मणले उनको स्टाटसमा कमेन्ट लेख्छन् , ‘आफ्नै सहक्रमी साम्राज्ञी के कुरा उठाउदा समस्यामा पर्दा चुइक्क नबोल्नी अहिले ठुला ठुला कुरा । नेपाली चलचित्र बिगारेको माथी उठ्न नसकेको तपाईंहरु को झुन्ड झुन्ड स्वार्थी (आफ्नो मात्रै राम्रो देख्नी) समूह ले गर्दा हो । आफ्नोलाई पर्दा बार्ह हात उफरिनी अरुलाई पर्दा खुच्चिङ गर्नी गर्दा हो यस्तो अवस्था आको ।’

सामाजिक फेसबुककर्ता राम बान्तवा राईले केकीको स्टाटसमा यस्तो लेखेका छन्, ‘ हिजो नम्रता सापकोटा, बर्षा सिवाकोटी र अश्लेशा ठाकुरी ले नेपाली फिल्मी इन्ड्स्ट्री मा ग्रुपिजम छ भन्दा सबै हिरोइन चुप लागे, सामरागी ले मलाई हरेस्मेन्ट भयो भन्दा पनि सबै हिरोइन चुप लागे अहिले प्रकाश सुवेदीले दारे भन्यो भन्दैमा पुरै हिरोइन नभै पुरै इन्ड्स्ट्री खुलेर बिरोध र मुद्दा सममा पुग्नुलाई के भन्नू हुन्छ ? ह्रयारेस्मेन्ट ठूलो कि दारे भन्ने शब्द ठूलो हो बताई दिनुस तिनीहरुलाई ।’

त्यस्तै अर्का सामाजिक सञ्जाल फेकबुककर्ता औंठी हराएको मान्छे केकीको स्टाटसमा रिप्लाई लेख्दै भनेका छन् , ‘ पिर नगर केकु । तिमीहरूको समर्थनको लागि १४ जिल्ला ७२ प्रदेशका सबै जनताहरू साथमा छन । नेपाल मात्र नभएर अमेरीका र युएसएका नेपाली जनता पनि तिमीहरूकै साथमा छन । अनि तिमिहरुसँग भारततिरका फ्यानहरूले फेस गर्न मानेन् भने छवीओझालाई भनेर कानको जाली फुटाउन लगाउँछौ र अन्तिममा तिमीहरूको महानायक ( गिरी ) लाई पनि यस बिषयमा कडा साथ बोल्दिन अनुरोध छ धन्यवाद ।’

त्यस्तै मनोज गौतम लेख्छन् , ‘साम्राज्ञीको इस्यु पुजाको भन्दा ठूलो थियो पुजाको गौण हो , त्यो बारेमा केही बोलेनौ र चलचित्र क्षेत्र नै बोलेन । पुजाको हिजोपल्टको इन्टरभ्युमा म उसको कार्यक्रममा जान्न ऊ प्रती मेरो पोजिटिभ भाइब आउन्न भनेर प्रकाश सुबेदीलाई भनेकी थिइन , त्यसैको प्रतिक्रिया स्वरुप आएको हो त्यो र त्यहाँ दारा भन्ने शब्द गलत थियो । त्यसको लागि माफी पनि मागीसके अब तिललाई पहाड बनाएर अतिरन्जित नगरौँ । ’