दोस्रो सन्तान जन्माउने तयारीमा सैफ अलि र करिना कपुर

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर खानले दोस्रो बच्चा जन्माउन लागेको बताएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफुहरु दास्रो सन्तानको बुवा आमा बन्न लागेको बताएका छन् ।

खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’

४ बर्ष अगाडी पहिलो सन्तान जन्माएका सैफ र करिनाले दोस्रो सन्तानलाई जन्ममा दिन लागेका हुन् । पहिलो सन्तानको नाम तैमुर अली खान रहेको छ । करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् भने सैफकी पहिलो श्रीमती अमृता हुन् । पहिलो श्रीमतीबाट दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् ।

https://www.instagram.com/kareenakapoorkhan/?utm_source=ig_embed