फिल्म पाउन चाँकडी हैन, चल्नपनि पर्छ

अहिले क्या सजिलो छ । फिल्म पाउन छाडेपछि मैले चाँकडी गरिन, ग्रुपिज्म भयो भन्दियो सक्कियो । दीकपाल कार्कीले २ वटा फिल्म खेलेर दर्शकले नपत्याएपछि ग्रुपिज्म भएकाले मैले फिल्म पाइन भनिदिए ।

सजिलो थियो भन्दिए ।  अभिनेत्री पूजना प्रधान पनि यही भन्दैछिन् । सुरुमा त उनले बोल्ड भिडियो खिचाइन्, फोटोले हंगामा मच्चाइन् चलिन् । फिल्ममा उनको बेडसिन, बोल्ड सिन सबै चल्यो । तर, सधै दुध र भात कहाँ खान पाइन्छ । उनी चल्न छाडिन् । नयाँ हिरोइन आए, चल्न थाले । पूजना युग सकिएको थियो ।

उनी आफूले चाँकडी नगरेकाले फिल्म नपाएको, अफर कम आएको भन्न थालिछन् । के पूजनाले चाँकडी नगरेकाले, ग्रुपिज्म नगरेकाले नै हो त फिल्म नपाएको ? चकलेट फिल्म नचलेपछि दर्शकलाई गाली गरेको विर्सनुभयो क्या ? फिल्म चल्न आफू पनि चल्नपर्छ । नचलेको कलाकारमाथि कुन मुर्ख निर्माताले लगानी गर्छन् र ? पूजनाले यो कुरा नवुझ्या कि चल्न छाडेपछि बाहाना खोजिदिएकी हुन् ? क्या सजिलो, ग्रुपिज्म छ भन्दियो भैहाल्यो ।