सृष्टि र निराजनको रोमान्टिक ‘साँझ’ सार्वजनिक

गायक दिनेश शंकरले स्वरमा नयाँ गीत बजारमा आएको छ । उनले गाएको ‘साँझ’बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द तथा संगीत पनि दिनेशले नै तयार गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता तथा मोडल निराजन प्रधानको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजकि गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा सानो मनमुटाव तथा चढावलाई देखाइएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।