आस्थाको ‘फाट्यो नि माइतीको चिनो’

गायिका आस्था राउतले नयाँ गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक गरेकी छन् । गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ भने शान थापाले निर्देशन गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा दिया मास्केले जीवन्त अभिनय गरेकी छन् । गीतमा एउटी नारीको माइतीसँगको सम्बन्धबारे मात्र बोल्दैन, एक्ली नारीले भोग्ने गरेको दुर्व्यवहार र उनको मनोदशाबारे देखाउन खोजिएको छ ।

भिडियोमा दियाका अलवा मनोज जोशी रहेको छ । त्यस्तै सम्पादन सुप्रिम पराजुली , छायाँङ्कन अर्जुन तिवारी छ । गीतको भिडियो लगानीकर्ता सावित्री राउत रहेकी छन् । गीतको भिडियोलाई आस्था राउतकै युट्युव च्यानलबाट अपलोड गरिएको छ ।